Gahiro gahiro

Please tab to Nepali version for now

Gahiro gahiro

गहिरो गहिरो जीवन सागर यो
तरी नै रहेछु म
बगी रहेको रूखको मुडा झैँ
किनार खोजेछु म

किन किन हो
आतुर छ मन मेरो
बिरानो बिरानो
बिरानो लागेछ आज यहाँ
गहिरो गहिरो

दिन र रात दिन र रात यहाँ
खोजी नै रहेछु म
कि मलाई सधैँ माया दिनेहरूलाई
सोधी नै रहेछु म
आफुलाई सङ्हालेर
खोटहरू मेरो अंगालेर
हिंड्नेछु हिंड्नेछु
हिंड्नेछु यहाँ सारा छाडेर…

किन किन हो
आतुर छ मन मेरो
बिरानो बिरानो
बिरानो लागेछ आज यहाँ

गहिरो गहिरो जीवन सागर यो
तरी नै रहेछु म
बगी रहेको रूखको मुडा झैँ
किनार खोजेछु म


SHARE ON