Mann | Maya | Bipul chettri

Mann lyrics

Please tab above Nepali version for now

Mann lyrics

खोला बग्यो सलल, फर्की नआउने यो पल आ.है… यो पल
पाउने त यहाँ कति कति, नपाउने यहाँ पिरती आ.है… पिरती
ऋतुहरु यहाँ बदलिएछ, समय पनि बदलिएछ
ऋतुहरु यहाँ बदलिएछ, तर मन मेरो कहिले नै बदलेन

छातीको पिरलाई छोडिदेउ, मनको ढोकालाई खोलिदेउ आ.है… खोलिदेउ
खुशीले नाचौ है हामी सारा, गज्मगायो यहाँ जुन तारो आ.है… जुन तारो
युगहरु यहाँ ढलेछ, दिन पनि ढलेछ
यौवन यहाँ ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन

आजसम्म आउदछ तिम्रैनै यादहरु, यौवनको बगेछ आज रगतहरु
आजसम्म लाग्छ जिन्दगीमा केहि अधुरो, हेर्दा हेर्दै बितिसकेछ जीवन मेरो
हो… जीवन मेरो

जिउने छु म त मन खोलेर, मरेपछि लानु के छ बोकेर आ.है… बोकेर
युगहरु यहाँ ढलेछ, दिन पनि ढलेछ
यहाँ यौवन मेरो ढलेछ, तर मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन


SHARE ON